नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नहुने अवस्थामा तत्काल विशेष महाधिवेशनको प्रक्रिया थालनी गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शुक्रबार उनले अविलम्ब कार्यतालिका हेरफेर गर्दै विशेष महाधिवेशनको प्रक्रिया थालनी गर्न माग गरेका हुन् । 'अझै पनि नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने थोरै संभावना बाँकी छ, तर त्यसका लागि नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औं महाधिवेशन सम्भव बनाऔं,' उनले भने, 'नियमित महाधि...