एनभीए भलिबल : पुलिस क्लबको विजयी शुरूआत, सुदूरपश्चिम पराजित

नेपाल भलिबल संघ (एनभीए)द्वारा आयोजित नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलाइएको पहिलो खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेटको नतिजालाई २५–१० अंकले आफ्नो पक्षमा पारेको विभागीय टोली पुलिस क्लबले दोस्रो सेटमा पनि २५–६ अंकको अग्रता बनाएको थियो । तेस्रो सेटको नतिजालाई पनि पुलिस क्लबले २५–११...