दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

दुई दिनदेखि बेपत्ता रहेका बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् । यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी आज स्थानीय गिठीखोला भिरमा मृत फेला परेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । बुधबार स्थानीय बजारमा मासु ल्याउन जानुभएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपरान्ह मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थल...