काठमाण्डौ – नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोट्र्स क्लबले विजयी शुरूआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा हिजो बेलुका भएको खेलमा हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई ३–० को सेटमा हरायो । हेल्प नेपाल २५–२१, २५–२० र २५–२० ले विजयी भएको हो । उद्घाटनको दिन हिजो भएका अरु खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी हुँदा महिलातर्फ पनि पुलिससँगै आर्मीले विजयी शुरूआत गरे । पुरुषतर्फ पुलिसले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ को ...