शनिबार राष्ट्रपति कार्यालय आसपासदेखि सीआईबीसम्म दुई घण्टा विद्युत कटौती

नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।  प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा शनिबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने...