काठमाण्डौ – सरकारले देशका विभिन्न नाै ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौली र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो । यस्तै बैठकले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ भने हरेक वर्षको पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा गरेको छ ।