नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार सदरमुकाम खलंगामा बसेको बैठकले साविक नेकपा माओवादी केन्द्रका उपहासचिव शक्तिबहादुर बस्नेतदेखि युवा नेता महेश अधिकारीसम्को नाम केन्द्रमा पठाएको छ । प्रतिनिधिसभातर्फ जाजरकोटमा एक निर्वाचन क्षेत्र रहेको छ । साविक माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गणेश प्रसाद सिंहका अनुसार शक्तिबहादुर बस्नेत, रामदीप आचार्य, गणेशप्रसाद सिंह, कृष्णबहादुर बुढा, पार्वती थापा र महेश अधिकारीको न...