तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने : गण्डकी, कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली

काठमाण्डौ – तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा अहिले बिहान हुस्सु/कुहिरो लागेको छ । दिउँसो पनि तराईमा हुस्सुको प्रभाव कायमै रहनेछ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । चिसोले विशेषगरी तराई/मधेशमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा पनि असर पुर्याएको छ । पुस लागेसँगै शुरू भएको चिसो...