डडेल्धुराको रामपुरमा अटोरिक्सा र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८:३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् । दुर्घटनामा परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन् । उनको अवस्था गम्भीर भ...