ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् ।  प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ । सरकारले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा प्रमुख तीन दलका नेतासँग छलफल गर्न लागेको हो । यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै न...