जेनजी आन्दोलनमा क्षति पुगेको भवन मर्मत ढिलाइ हुँदा सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको छ । यही पुस ७ गते बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा शुक्रबार दिउँसो २ बजेका लागि प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको बैठक सञ्चालन गर्ने समझदारी भएको थियो । तर शुक्रबार पनि बैठक बस्न नसकेको हो। चालु अधिवेशनअन्तर्गत पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । त्यसपछि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बैठक अनिश्चित बनेको थियो । बैठक सञ्चालन हुन नसक्दा महत्वपूर्ण व...