काठमाण्डौ – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा नेपाल उत्कृष्ट देश बनेको छ । नेपालले यस वर्ष सन् २०२५ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्र (सेरो) अन्तर्गतका १० देशमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो । डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लुएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्ष मुनि उमेर समूहमा सर्भेलेन्स गरिएको हो । ती शङ्कास्पद बिरामीको थाइल्यान्डमा परीक्षण गरिएको ह...