साउथ फिल्मको हिरोजस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पुर्‍याउँदैन- प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दक्षिण भारतीय चलचित्रको नायकजस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ  नपुर्‍याउने टिप्पणी गरेका छन् । देश बनाउनमा व्यक्तिको भूमिका हुने भए पनि तर अन्तत्तोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले देश बन्ने उनको भनाइ छ ।  उनले पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच चलिरहेको एकता संवादप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् । विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो भए पनि बालेन-रविहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने...