जनकबहादुर शाही हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा भएको आगलागीमा एक बालकको ज्यान गएको छ । आगोले १६ महिने बालक रेबेन्द्र जेठाराको ज्यान गएको र आमा बर्रा जेठारा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रामराज जेठाराको घरमा हिजो बेलुका आगलागी हुँदा मानवीय तथा भौतिक क्षति भएको हो । खाना पकाउने क्रममा कोठाको छेउमा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागी भएको प्रारम्भिक अनुमान छ । घर पूर्ण रूपमा जलेको खार्पुनाथ गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्र रावलले जानकारी दिनुभयो...