रास्वपामा समानुपातिक उम्मेदवार छान्न आजदेखि 'प्राइमरी इलेक्सन' सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आजदेखि आन्तरिक ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ । मतदान आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म गर्न सकिने पार्टीले जनाएको छ । प्राइमरी इलेक्सन पार्टीको मोबाइल एपमार्फत हुनेछ । पुस ५ गतेसम्म नेपालभित्र वा बाहिरबाट पार्टी सदस्य बनेकाले मात्र मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको नयाँ क्लस्टर डिभिजनअनुसार ११० जनाको बन्दसूची तयार गरिएको छ, जसमा खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर समेटिनेछन् । तीमध्ये ५७ जना मह...