सहमतितर्फ रवि–बालेन, जाँचबुझ आयोगविरुद्ध परेको रिट खारेजसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् ।  प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ । ०००० युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिष...