काठमाण्डौका विभिन्न ठाउँमा आज दुई घण्टा बिजुली नआउने

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना निकालेर पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न ठाउँमा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा बिजुली कटौती गर्ने जनाएको हो । प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने प्राधि...