बिहान-साँझ पढेर कमल पौडेल बने ‘गोल्ड मेडलिस्ट’

पाल्पाको तानसेन स्थायी घर भएका कमल पौडेल सानैदेखि पढाइमा अब्बल थिए । विद्यालय तहको पढाइमा पहिलो/दोस्रो हुने उनी पढ्दै जाँदा आफ्नो मेहेनतमा निखारता ल्याउँदै अघि बढिरहे ।  स्नातक तह पूरा गरी पहिलो प्रयासमै निजामती सेवाको अधिकृत तहको सेवामा प्रवेश गरेका कमल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा सर्वोकृष्ट भएर आफ्नो नाम अब्बल विद्यार्थीमा ‘दर्ज’ गराउन सफल भएका छन् । दिउँसो नागरिकलाई सार्वजनिक सेवा दिएर बिहान साँझ अध्ययन गरेका कमल बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोहमा अर्थशास्त्र ‘एमए’मा...