युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने भएको छ । रुससँगको लडाइँ अन्त्य गर्ने प्रयासबारे छलफल गर्न छिट्टै दुई नेताबीच भेट हुन लागेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । बीबीसीका अनुसार उहाँहरुबीच भोलि आइतबार बैठक हुने र अमेरिकाको मध्यस्थतामा २० बुँदे शान्ति योजना, साथै अमेरिकी सुरक्षा ग्यारेन्टीका लागि छुट्टै प्रस्तावमा छलफल केन्द्रित हुने अपेक्षा छ । अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार पारेको छ र यो प्...