काठमाण्डौ – ईंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले न्यूकासललाई १–० गोलले हराएको छ । गएराति ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका प्याट्रिक डोरगुले खेलको २४औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जीतसँगै म्यानचेस्टर युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसको १८ खेलमा २९ अंक छ । न्युकासल समान खेलमा २३ अंकका साथ ११औं स्थानमा छ । प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । शीर्ष स्थानको आर्सनलले ब्राइटनसँग, दोस्रो स्थानको म्यानचेस्टर सिटीले नटिङघम फरेस्टसँग, तेस्रो स्थानको एस्ट...