भत्किए चौतारी, छुटिगए दौँतरी अनि...

पूर्व-पश्चिम राजमार्गको कोलाहलबाट अलि भित्र छिरेपछि एउटा शान्त चौतारी भेटिन्छ- दाहाल चौतारी । विराटचोक-घिनाघाट सडक खण्डमा अवस्थित यो चौतारीमा दौँतरी खोज्दै पुग्ने पाका उमेरका छिटफुट मानिस भेटिन्छन् ।  पूर्णप्रसाद दाहालले मोरङको सुन्दरहरैँचा नगरपालिका बेलेपुरमा बनाएको यो चौतारी अरूका लागि सामान्य विश्रामस्थल होला तर यहाँका केही पाका अनुहारहरूका लागि भने जीवनको पाठशाला, एक्लोपनको औषधि र दिन काट्ने एक मात्र सहारा हो । समय फेरियो, समाज फेरियो । गाउँघरबाट चौतारीहरू मासिए, अनि उमेर ढल्किँदै जाँदा मन मिल्ने &ls...