रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

काठमाण्डौ – रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय हिजो शुक्रवारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । पाँच लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८ सय २० रूपैयाँ ८० पैसाको दर अनुसार कूल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँको सेयर माग भएको हो । यो आईपीओ ५०/५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ ।...