अग्रपंक्तिका प्रभावशाली खेलाडी मोहमद सलाहले पेनाल्टी प्रहारमा गरेको गोलसँगै इजिप्ट अफ्रिका कम अफ नेसन्स फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेको छ । इजिप्टले शुक्रबार बिहान सम्पन्न खेलमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १–० गोलले हरायो । समूह ‘बी’ मा रहेको इजिप्ट एक खेलअगावै नकआउट चरणमा पुगेको हो । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने ३३ वर्षीय सलाहले पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि पेनाल्टीमार्फत गोल गरेका हुन् । इजिप्टले खेलको करिब आधा समय केवल १० खेलाडी...