लागूऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तानका क्रममा फरार एक जना व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङ लागूऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए । तर, गत भदौ २४ गते सिन्धुलीमा भएको प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जान...