रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते

काठमाण्डौ – रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । ६ जना कामदार घाइते भएका छन् । डिस्टलरीको बोवाइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा कटहरिया–८ का ४५ वर्षीय लक्ष्मण राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ । विस्फोटबारे थप अनुसन्धान भैरहेको प्रहरीले भनाइ छ । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले...