गाडीको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु

गाडीको ठक्करबाट शनिबार बिहान सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढालाई गाडीले ठक्कर दिएको थियो ।  बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।  उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीप...