काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो तथा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको छ । पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । यस आयोजनामा ८९ वटा ठूला पुल...