झापा – चालू आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनयता पाँच महिनामा दुई हजार ६ सय २२ मेट्रिक टन अलैँची निर्यात भएको हो । यो अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को त्यही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्याङ्अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा चियाको निर्य...