काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह 'बालेन'को टीम राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग मिल्नुअघि ऊर्जामन्त्री कुलमान घिसिङसँग संवादमा जुटेको छ । बालेनको सचिवालय स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार ललितपुरको कुनै स्थानमा शनिबार मध्याह्नसम्म छलफल जारी छ। वैकल्पिक शक्ति कसरी मिलेर जाने, रास्वपा, कुलमान तथा उनको पार्टी भनिएको उज्यालो नेपाललाई कसरी मिलाउनेलगायत विषयमा छलफल भइरहेको स्रोतले बतायो। स्रोतका अनुसार शुक्रबार दिनभर रास्वपासँग संवाद भएपनि ठोस सहमति भइसकेको छैन । बालेननिकट स्रोतले मिलेर ...