काठमाण्डौ – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको बाँकी काम भइरहेको छ । आउँदो चैतभित्र कमला पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो पुलको लम्बाइ ४ सय ६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गएको मङ्सिर ५ मा पुलको स्थलगत अनुगमन गरी निर्माणको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । ठेक्का सम्झौता भएको १४ वर्ष भैसक्दासमेत पुल नब...