काठमाण्डौ – नेपालमा हरेक महिना मोबाइलको आयात बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात साउनदेखि मङ्सिरसम्म १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ भन्सार मूल्यका १० लाख ७० हजार थान मोबाइल आयात भएको छ । यसबाट सरकारले तीन अर्ब ५६ करोड रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । पछिल्लो समय महंगा स्मार्टफोनको प्रयोग बढेसँगै आयात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गएको वर्षको मङ्सिरसम्मको तुलनामा यो वर्षको यही अवधिमा स्मार्ट फोनको आयात २६ प्रतिशतले बढेको छ । पाँ...