पाकिस्तानको पेशावरमा ८४ प्रतिशत पानी दूषित रहेको अनुसन्धानले देखाएको छ । दूषित पानीको आपूर्तिबाट त्यहाँ पानी र सरसफाइको सङ्कट बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । युनिसेफको तथ्याङ्कअनुसार शहरको सुरक्षित पानीका स्रोत २० प्रतिशत भन्दा कम छन् । असुरक्षित पिउने पानी, खुला दिसापिसाब र अपर्याप्त सरसफाइले प्रत्यक्ष रूपमा झाडापखाला, पोलियो र अन्य सम्भावित रोगहरू बढाइरहेको युनिसेफको सर्वेक्षण रिपोर्टलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । युनिसेफको सर्वेक्षणले पेशावरमा झन्डै चार लाख व्यक्ति अझै पनि आधारभूत शौचालय सुव...