वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

१२ पुस, काँक्रेविहार (सुर्खेत) । गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डुङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए […]