नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै आएका नेताहरूले कानूनी परामर्शको थालेका छन् । उनीहरू शनिबार पार्टीमा शुभेच्छा राख्ने वरिष्ठ अधिवक्ताहरूसँग परामर्श बैठक गर्दैछन् । समूहले दिउँसो २ बजे अनामनगरस्थित नबिल बैंक रहेको भवनको तलामा बैठक बोलाएको छ । बैठकमा वरिष्ठ अधिवक्ताहरू यदुनाथ खनाल, भरत खरेल, दिनेश त्रिपाठी तथा अधिवक्ता आरसी विमल र डीएलए अध्यक्ष सीताराम केसीको सहभागिता रहने छ। यतिबेला कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशनको किचलो पुनः शुरू भएको छ । १५ मंसिरमा बसेको केन्द्रीय समिति बैठकले ...