दुवै टोलीको गरेर कुल ३६ विकेट खसेपछि दोस्रो दिन नै नतिजा आएको ‘बक्सिङ डे’ टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले अस्ट्रेलियालाई चार विकेटले हराएको छ । चौथो खेलमा इङ्ल्यान्डको जितपछि पाँच टेस्टको परम्परागत टेस्ट शृंखलामा अस्ट्रेलिया ३–१ ले अगाडि छ । अघिल्ला तीनवटै टेस्टमा भने घरेलु टोली अस्ट्रेलियाले इङ्ल्यान्डलाई हराएको थियो । ‘बक्सिङ डे’ टेस्टमा एक सय ७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले ६ विकेट गुमाएर जित हासिल गरेको हो । दोस्रो पालीमा इङ्ल्यान्डका लागि ज्याकब बे...