रुस-युक्रेन युद्ध अन्त्यको छलफलका लागि जेलेन्स्कीले आइतबार ट्रम्पसँग भेट्ने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्यबारे छलफल गर्न आइतबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेट गर्ने बताएका छन् । जेलेन्स्कीका अनुसार भेटमा अमेरिकी मध्यस्थतामा तयार पारिएको शान्ति योजना र युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूति सम्बन्धी प्रस्ताव मुख्य एजेन्डा हुनेछन् । तर, एक वरिष्ठ रुसी अधिकारीले उक्त योजना रुसले अमेरिकासँग छलफल गरिरहेको योजनाभन्दा पूर्णतः फरक रहेको टिप्पणी गरेका छन् । क्रेमलिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता बोलाउन सकिने जेलेन्स्कीको प्रस्तावबा...