नेपाल भलिबल संघ (एनभीए)द्वारा आयोजित नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले सुखद शुरूआत गरेको छ । प्रतियोगिताको दोस्रो दिन शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलिएको खेलमा न्यु डायमण्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । पुल ‘ए’ अन्तर्गतको एकतर्फी खेलमा न्यु डायमण्डले पहिलो सेटको नतिजालाई २५–१० अंकले आफ्नो पक्षमा पारेको थियो । न्यु डायम...