काठमाडौंको नक्सालमा ३ दिने कस्मेटिका एक्स्पो​

​कस्मेटिक, सौन्दर्य र वेलनेससम्बन्धी नेपालमा पहिलो तथा एकमात्र वृहत् ट्रेड शो, कस्मेटिका- २०२५ शुरू भएको छ । हाउस अफ राजकर्निकारको आयोजनामा यही डिसेम्बर २६ देखि २८ सम्म (पुस ११, १२ र १३ गते ) काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा शुरू भएको हो ।​ ​कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक,आयातकर्ता, आपूर्तिकर्ता तथा व्यसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ। बी टु बी र बी टु सी दुवै वर्गलाई लक्षित गरिएको यो एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन...