प्रतिनिधि सभा चुनावको समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि

काठमाण्डौ – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने समय भोलि र पर्सि रहेको छ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रीतपूर्वक उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गर्दै बनदसूची पेश गर्ने समयसीमा पनि सम्झाएको छ । आयोगले सूचना निकालेर विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको हो । आयोगका अनुसार तयार गरेको बन्दसूची तोकिएको समयभित्र निर्वाचन अधिकृतको का...