नवौं एनभीए च्याम्पियनसिप : ​एपीएफ क्लबले मधेशलाई हरायो

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ अन्तर्गत शनिबार सम्पन्न महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलिएको खेलमा एपीएफ क्लबले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुल ‘बी’ अन्तर्गतको खेलमा एपीएफ क्लबले मधेश प्रदेश खेलकुद परिषद्लाई २५–४, २५–५, २५–४ अंकले हराएको हो । यसअघि, शनिबार नै खेलिएको महिलातर्फको खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स...