सोमबार अपरान्ह ४ बजे भित्रै समानुपातिक सूची बुझाउन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी सोमबार कार्यालय समयभित्रै रीतपूर्वक समानुपातिकको बन्दसूची पेस गर्न दलहरूलाई स्मरण गराएको छ । आयोगले शनिबार विज्ञप्ति जारी गर्दै समानुपातिक तर्फबाट सांसद बन्न चाहनेहरूको विवरण आयोगमा बन्द सूची बुझाउन पूर्व नै पनि दलहरूले सर्वसाधारणलाई जानकारी गराउन सक्ने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुभन्द...