उदयपुर – उदयपुरबाट साढे ७ सय किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकमा को १ ज ३४५६ नम्बरको जीपमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिनुभयो । गाँजासँगै प्रहरीले जीपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई पक्राउ गरेको छ ।