काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ समूहबीचको वार्ता सकिएको छ । प्रमुख साहको सचिवालय स्रोतले दिएको जानकारी अनुसार उनीहरूबीचको वार्ता केही बेर अघि सकिएको हो । अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनको समूहसँग निर्णायक संवादमा जाने तयारी भइरहेको स्रोतले जानकारी दियो । बालेन र घिसिङ समूहबीचको संवादमा बालेन समूहले रास्वपासँग भएको संवादबारे जानकारी गराएको थियो । साथै बालेनको समूहले रास्वपासँग सहकार्य गर्न सक्ने ‘कन्डिसनबा...