बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेले लिए तेस्रो विकेट

बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली बलर सन्दीप लामिछानेले लगातार दोस्रो खेलमा पनि विकेट लिएका छन् । बीपीएलको १२औं संस्करणमा प्रभावशाली लेग–स्पिनर सन्दीपले राजशाही वारियर्सबाट खेलिरहेका छन् । उनले शनिबार ढाका क्यापिटल्सविरुद्धको खेलमा विकेट लिएका हुन् । सन्दीपले ढाका क्यापिटल्सका कप्तान मोहम्मद मिथुनलाई हुसेन तलतद्वारा क्याच गराए । जारी बीपीएलमा सन्दीपले लिएको यो तेस्रो विकेट हो । यसअघि, शुक्रबार खेलिएको सिल्हेट टाइटन्सविरुद्धको खेलमा पनि उनले दुई विकेट लिएका थिए । उक्त खेलमा ...