जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका बिर्तामोड नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय आलम मियाको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मिया लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए । पुस १० गते अचानक बेहोस भएर लडेका मियाको उपचारका क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय ...