स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजी सम्बन्धी निर्णय कार्यान्वयन भएन : वैदेशिक रोजगार व्यवसायी

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले खारेज गरिसकेको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णयलाई स्वास्थ्य संस्थाहरुले कार्यन्वयनमा ल्याउन नमानेको गुनासो गरेको छ । केही स्वास्थ्य संस्थाहरुले सरकारको निर्णयको अवज्ञा गर्दै श्रमिकलाई अनावश्यक दुःख दिएको सङ्घको आरोप छ । केही स्वास्थ्य संस्थाहरूले सेवा बन्द गर्ने, कामदारलाई अन्योलमा पार्ने र विभिन्न बहाना बनाएर स्वास्थ्य परीक्षण नगरि दुःख दिने गतिविधि गरिरहेको सङ्घका महासचिव महासचिव महेशकुमार बस्नेतले बताउनुभयो । सरकारको वृद्धि गरेको शुल्क खारेज गरिसकेपछि प...