लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु

काठमाण्डौ – लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु भएको छ । न्युज फेस्टिबलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीले आयोजना गरेको न्युज फेस्टिबल तीन दिनसम्म हुने क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयक...