थाइल्यान्ड र क्याम्बोडियाबीच युद्धविराम सम्झौता

थाइल्यान्ड र क्याम्बोडियाले तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि चलिरहेको सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका समाचारसंस्था एएफपीले जनाएका छन् । पछिल्लो तीन हप्तामा भएको झडपमा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक लाख जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गर्नेछन् । साथै साइबर अपराध न...