देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्रीको आग्रह- स्थिर र दिगो लोकतन्त्रका लागि चुनाव सफल पारौं

​​प्रधानमन्त्री सुशीला कार्कीले स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न आग्रह गरेकी छिन् । तीन दलका शीर्ष नेतासँग शनिबार दिउँसो बालुवाटारमा भएको छलफलमा उनले कुनै अलमल नगरी चुनावमा केन्द्रित बन्न र सफल पार्न आग्रह गरेकी हुन् । 'अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं,' उनले भनिन्, 'यो हामी सबैको जिम्मेवारी हो । यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।' छलफलमा नेपाली कांग्...