शीर्ष दलका नेतासँग प्रधानमन्त्री कार्की छलफलमा

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरूसँग छलफलमा हुनुहुन्छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल केहीबेर अघि शुरु भएको हो । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीले चुनावको तयारी र राजनीतिक वातावरणबारे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।